
काठमाडौं । ११ वर्ष पुराना सुनका सिक्का भएको गाडधन फेला परेको छ । मध्य इजेरलस्थित एउटा पुरातात्त्विक स्थलमा काम गरिरहेका एक स्वयंसेवी युवकले उक्त गाडधन फेला पारेका हुन् ।
उनले ४ सय २५ वटा प्राचीन असर्फीहरू भएको गाडधन फेला पारेका छन्। ती सुनका सिक्काहरू १,१०० वर्षअघि माटोको एउटा भाँडोमा राखेर त्यहाँ गाडिएको विश्वास गरिएको छ। फेला परेका सुनका सिक्काहरूको कुल तौल ८४५ ग्राम छ।
बीबीसीका अनुसार कसले ती सिक्काहरू लुकायो र किन पछि झिकेन भन्ने कुरा रहस्यमै रहेको छ । सम्राट अलेक्जेन्डर द ग्रेटका हराएका सिक्काहरू दश वर्ष अगाडि लुकाइएको १० लाख डलरको खजाना भएको बताइएको छ ।
यति ठूलो परिमाणमा सुनका सिक्का फेला पर्नु दुर्लभ मानिएको छ । ती असर्फीहरू फेला पार्ने युवक ओज कोहेनले आफूले पहिला भुइँ खनेर माटो निकालेपछि मसिनो पातजस्तो वस्तु देखेको बताए।











