
कैलाली । सुदूरपश्चिम प्रदेश जटिल अवस्थाका कोरोना संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार सुरु गर्न लागेको छ । कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालले जटिल अवस्थाका संंक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु गर्न लागेको हो ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै प्लाज्मा थेरापी सुरु गर्न लागेको जानकारी दिएको छ । प्लाज्मा थेरापीमा कोरोना संक्रमणपछि निको भएको १४ दिन भएको व्यक्तिको रगतको प्लाज्मा नयाँ संक्रमित व्यक्तिलाई दिएर उपचार गरिन्छ ।
कोरोना संक्रमण भई निको भएको व्यक्तिमा कोरोना भाइरसँग लड्ने एन्टीबडी विकास भएको हुन्छ । त्यसैले उनीहरुको रगतको प्लाज्मा कोरोना संक्रमित व्यक्तिलाई दिएर उपचार गर्ने गरिएको छ ।
नेपालमा प्लाज्मा थेरापीको उपचार सफल भएको भन्दै विभिन्न जिल्लामा सुरु गरिएको छ । तर, रगत दिने व्यक्तिको भने अभाव भएको अस्पतालहरुले बताएका छन् ।












