निषेधाज्ञा उल्लंघन गर्दै रथ तान्दा झडप, नियन्त्रण गर्न प्रहरीद्धारा पानीको फोहोरा


काठमाडौं । कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा ललितपुरको पुल्चोकमा सयौंको संख्यामा युवाहरुले रातो मछिन्द्रनाथको रथ तानेका छन् । निषेधाज्ञा उल्लंघन गर्दै रथ तानेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । युवा र प्रहरीबीच झडप भएपछि झडप नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा हानेको छ ।

यसका साथै प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार