एमाले विवाद सहमति नजिक : नेता विष्ट


काठमाडौं । नेकपा एमाले भित्रको विवाद समाधानका लागि बनेको कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले एमाले भित्रको विवाद सहमति नजिक पुगेको बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले छिट्टै सहमति हुने बताएका हुन् ।

उनले बैठक सकारात्मक भएकाले आज साँझ वा भोलिसम्म सहमति हुने बताएका बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठक आजै साँझ ७ बजे फेरि बस्ने गरी सकिएको हो।

सोमबार देखि सक्रिय कार्यदलको लगातार बैठक बसिरहेको छ । कार्यदलको बैठककै बीच बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान अन वान’ सम्वाद भएको थियो । तर दुवैले अडान छोडेनन् ।

करिब २ महिनापछि भएको ओली र नेपालबीचको छलफललाई कार्यदलका सदस्यले सकारात्मक रूपमा लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार