जयसिंह धामी घटनाका दोषीलाई कारवाहीको माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन


काठमाडौं । दार्चुलाका जयसिंह धामीको घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । घटनाका दोषीलाई कारवाहीको माग गर्दै सोमबार दूतावास अगाडी विरोध स्वरुप प्रदर्शन गरिएको हो । उनिहरुले हातमा ब्यानर बोक्दै भारतको ज्यादती रोक्न समेत माग गरेका छन् ।

क्रान्तिकारीले धामी महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।
गत शुक्रबार दार्चुलास्थित महाकाली नदीमा तुइन तरेर सदरमुकाम खलंगातिर आउने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

उक्त घटनाको सत्यतथ्य बुझ्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिका पदाधिकारीहरु घटनास्थलतर्फ गइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार