
काठमाडौं । इजरायलमा कामदार लैजान लिइएको भाषा परीक्षाको नजिता प्रकाशन गरिएको छ । इजरायलमा कम गर्न जान आवेदकहरुले दिएको आंग्रेजी भाषा परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो । भाषा परीक्षा हिजो लिइएको थियो।
परीक्षामा १ हजार ३९५ जना महिला र ६४४ जना पुरुष गरी २ हजार ३९ जना पास भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए।
अब भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता हुनेछ। अन्तरवार्ताबाट १ हजार ४ सय कामदार छनौट हुनेछन् । इजरायलले कमदार संख्या मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ ।














