
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार कृष्णहरी थापाको टिमलाई स्थानिय नगरवासीहरुले टोल टोलमा भव्य स्वागत गरेका छन् ।
यहि वैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनलाई लिएर कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रममार्फत भोट माग्दा स्थानिय नगरवासीहरुले मेयर पदका उम्मेदवार थापा लगायतको टिमलाई फुलमाला, खादा, अबिर लगाएर जितको शुभकामनासहित भव्य स्वागत गरेका हुन् । थापाले एकिकृत समाजवादी पार्टीका तर्फबाट टिमसहित मेयरमा उम्मेदवारी दिएका छन् । उनि कोगेश्वरी मनोहरा नगरपालिकाको दोस्रो कार्यकालका लागि उम्मेवार बनेका हुन् ।

घरदैलो कार्यक्रम अन्र्तगत आज कागेश्वरी मनोहरा नगरपालिकाको वडा न.४ मा मेयर उम्मेदवार थापा, उपमेयर उम्मेदवार सरस्वती नेपाल दाहाल, वडा ४ का अध्यक्ष पदका उम्मेदवार मुकुन्द सिंखडा, महिला सदस्य उम्मेदवार लक्ष्मी भुसाल कुइकेल, सदस्य उम्मेदवार सृजन खड्का, गणेश सार्की विशुंखे, दलित महिला सदस्य उम्मेदवार राम प्यारी सार्की लगायत दर्जनौं कार्यकर्ता र मतदाताहरुको सहभागिता थियो । वडाका टोल टोलमा घरदैलो गर्दै कलम चिन्हमा भोट मागेका उम्मेदवारहरुले स्थानिय मतदाताहरुको साथ सर्मथन रहेकाले थापा नेतृत्वको टिमको जित सुनिश्चित रहेको अनमोलपोस्टलाई बताए ।

घरदैलोमा सहभागि स्थानिय ८९ बर्षिय रिपु सुदन थापाले मेयर उम्मेदवार थापाको अघिल्लो कार्यकालको प्रसंशा गर्दै नगरभित्रका बाँकी काम सम्पन्न गर्न उनलाई दोस्रो पटक जिताउन लागी परेको बताए ।

(फोटोःरिपु सुदन थापा)
मेयर उम्मेदवार थापाले आफुले इमानदारी साथ काम गरेकाले नगरवासीको मागअनुसार नै दोस्रो पटक मेयर भई अधुरा कामलाई सम्पन्न गरी कागेश्वरी मनोहरालाई नमुना नगरपालिका बनाउने योजना रहेको बताए । त्यसै उपमेयर उम्मेदवार सरस्वती नेपाल दाहालले नगरभित्र आवश्यक थप पुर्वाधार, रोजगारी, खानेपानी, प्रावधिक शिक्षा, कृषी लगायत महिलालाई आत्मनिर्भर बनाउने गरी काम गर्ने प्रतिवद्धता जाहेर गरेकी छिन् ।
घरदैलो कार्यक्रममा भोट माग्दै वडा ४ का वडाध्यक्ष उम्मेदवार सिंखडाले नगरभित्रका गरिब, असाहय, अशक्तहरुको उपचारका लागि अक्षय कोष खडा गरी उपचार गर्ने, सरकारी विधालयलाई निजि विधालयस्तरमा पठनपाठन गराउने, सडक नपुगेका ठाउँमा सडक पुर्याउने, सबै सडक कालोपत्रे गर्ने लगायत आफुले सरकारबाट पाउने कुनै पनि सेवा सुविधा नलिने प्रतिवद्धता जाहेर गरेका छन् ।

(फोटोःमुकुन्द सिंखडा)
त्यस्तै घरदैलोमा सहभागि महिला सदस्य पदका उम्मेदवार लक्ष्मी भुसाल कुइकेलले वडाभित्रका महिलाहरुको सशक्तीकरण, सीपमुलक तालीम, बृद्धबृद्धाहरुको निशल्क उपचार लगायतका कामहरुमा पहल गर्ने बताइन् ।

(फोटोःलक्ष्मी भुसाल कुइकेल)
भिडियो पनि हेरौं











