
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनलाइृ हराउँदै नेकपा एमाले विजयी भएको छ। गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपिलाल सिंन्तानलाई पराजित गर्दै एमालेका कृष्णमान लामा विजयी भएका हुन्।
एमालेका लामाले ३ हजार १०४ मत पाए भने भने उनका प्रतिस्पर्धी माओवादीका सिन्तानले २ हजार ५०९ मत पाए। यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका राजनप्रसाद घिमिरे विजयी भएका छन्। घिमिरेले ३ हजार २२७ मत पाए भने उनका प्रतिस्पर्धी एमालेकी रनिता तामाङले २ हजार ४८ मत पाइन् । अघिल्लो निर्वाचनमा उक्त गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै माओवादीले जितेको थियो।











