काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयर र उपमेयर जितेका रामेश्वर बोहरा र भवानी डोटेल धिताल यसपटक भने काँग्रेस उम्मेदवारसंग पराजित भएका छन् ।

मेयरमा निर्वाचित महर्जनले ११ हजार ९८८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका रामेश्वर बोहराले ७ हजार ८०८ मत पाए । नेकपा एकीकृत समाजवादीका लवकुमार बस्नेतले २ हजार ५२८ र राप्रपाका बसन्तकुमार बस्नेतले १ हजार १ मत पाए ।

त्यस्तै उपमेयरमा बुर्लाकोटीले १० हजार ७८६ मत प्राप्त गरिन भने उनकी प्रतिस्पर्धी एमालेकी भवानी डोटेल धितालले ८ हजार ६ मत पाइन् । नेकपा माओवादी केन्द्रका धनलाल महर्जनले ३ हजार ३६ र राप्रपाका सीमाराज बाहकले १ हजार ८९ मत पाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार