
काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आज राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए । उपसभामुख भुसाल गत शुक्रबार भएको उपसभामुखको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् । भुसालले १४८ मत पाएकी थिइन उनकी प्रतिस्पर्धी एमालेकी भट्टराईले ९३ मत पाएकी थिइन्
यो पनि पढौं
उपसभामुख निर्वाचनमा पनि एमाले पराजित, गठबन्धनकी पुष्पा भुसाल निर्वाचित










