
काठमाडौँ । फोहोर बोकेका गाडीमाथि तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ। आज दिँउसो सत्तारुढ दल नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एकिकृतका वडा कमिटी अध्यक्ष भिषण धिताललगायतविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको हो।
उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गर्न उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
गत सोमबार राति बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड भएका थिए। फोहोर बोकेका १४ वटा टिपरहरु पार्किङ गरेको अवस्थामा सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।
फोहोर ब्यवस्थापनमा राजनीति भएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आपत्ति जनाएका थिए । बिच बाटोमै रोकिएका टिपरहरुलाई प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फोहोर फ्याँकिएको छ ।
भिडियो पनि हेरौं











