
काठमाडौ । बलिउडको शैलीमा नेपाली गीत ज्यानै बाजी भो सार्वजनिक भएको छ । प्रकास तामाङ तितुङ र प्रयुशा तामाङको श्वरमा रहेको यस गीतको शब्द कुमार स्याङ्बा लेखेका हुन् । प्रकास तामाङ तितुङको संगीत रहेको यस गीतमा महाराज थापाको एरेन्ज रहेको छ ।
चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफीमा तयार गीतको भिडियो बलिउडकै शैलीमा निमार्ण भएको छ । गीतमा डान्सर सुजनसंगै गीत ढुंगानाको सुन्दर नृत्य छ । करिब दुइबर्षको अन्तरालमा डान्सर सुजनले यो भिडियो निमार्ण गरेका हुन् ।
गीत हेर्नुहोस










