
काठमाडौं । प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । युट्यूवमा अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले खनाललाई पक्राउ गरेको हो ।
केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।
यसअघि खनालले अभिनेत्री मानन्धरको व्यक्तिगत विषयमा युट्युवमा विभिन्न आलका अभिव्यक्ति दिदैं आएका थिए ।
भिडियो पनि हेरौं









