
काठमाडौं । आज असार २९ गते २०८ औं भानु जयन्ती । भानु जयन्तीको अवसरमा काठमाडौंको अल्बर्ट आइन्स्टाइन एकेडेमीले कविता वाचन प्रतियोगिता गरेको छ । कोरोना महामारीका कारण विद्यालय बन्द भएपनि भर्चुअल माध्यमबाट एकेडेमीले कविता वाचन गरेकाे हाे ।
विद्यालयले आयोजना गरेको कविता वाचन प्रतियोगितामा चार वटा सदनका २० जना उत्कृष्ट विद्यार्थीहरु अन्तिम प्रतियोगिताका लागि छानिएका थिए । छानिएका बीस जना विद्यार्थीहरु बीच अन्तर सदनात्मक कविता वाचन गराइएको थियो । प्रतियोगितामा आधारभूत तहका शम्स बिन हासिन र एल्भा सिंहले प्रथम स्थान हात पार्न सफल भएका छन् । त्यसै गरी द्धितीय अभिलाषा सिंह र आश्रित श्रेष्ठ र तृतीय स्थान परी श्रेष्ठ र युवराज सुनुवारले हात पारेका छन् ।
निम्न माध्यामिक तह तर्फ कक्षा ७ का जायद बिन हासिन र ६ कक्षाका आरिफ लामा प्रथम भएका छन् । द्धितिय बिराट ओली र बिशेष तामाङ भएका थिए भने, तृतीय कृतज्ञ श्रेष्ठ र पेम्बा मोक्तानले हात पारे ।
त्यस्तै माध्यमिक तहमा भने अन्तर कक्षागत कविता वाचन गरिएको शिक्षिका जेनिसा श्रेष्ठ र आष्मा महर्जन बताएका छन् ।एकेडेमीले प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हात पार्ने विद्यार्थीलाई पुरस्कार पनि प्रधान गरेको छ ।
भर्चुअल माध्यमबाट आयोजना गरिएको प्रतियोगिताको संचालन सोही स्कुलका शिक्षक समिप राजले गरेका थिए भने स्वागत तथा शुभकामना विद्यालयका प्रधानध्यापक मधुवाला महर्जनले गरेका थिए ।












