
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । आज पनि संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडेर षड्यन्त्र गरिएको, राजनीतिक प्रतिशोध साँधिएको समेत बताए । बिगतमा पनि थुर्पै कर्मरीविरुद्ध अनुसंन्धान भएको र अहिले पनि एकजना कर्मचारीमाथि संवैधानिक निकायले अनुसंन्धान गरिरहेकाले त्यसमा आफ्नो छोडेर बदनाम गर्न खोजिएको समेत उनको भनाई छ ।
पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले अख्तियारले अनुसंन्धान गरिरहेको बिषयमा अहिलेसम्म कुन मन्त्रीले राजीनामा दियो भन्दे प्रश्न समेत गरेका छन् ।
‘उनले पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भए । सम्पूर्ण उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीमाथि हुन्छन् । तिमाथि छानबिन गर्ने र अख्तियारले मुद्दा दर्ता गर्ने काम गरिरहेको छ । कर्मचारीमाथि छानबिन हुँदैमा अहिलेसम्म कति मन्त्रीले राजीनामा दिए होलान् ?’ उनले प्रश्न गरे ।
पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफुले उल्टै न्याय पाउनुपर्ने बताएका छन् । आफुले कसैप्रति पूर्वाग्रह नराखेको समेत उनको भनाई छ ।
‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ? कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ ?’ गृहमन्त्रीले प्रश्न गरे ।











