
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी संगठन निमार्णमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीपँक्तीलाई १० बुँदे ब्रिफिङमार्फत सरकारमा जाने भन्दा पनि संगठन निर्माणमा लाग्नुपर्नेमा जोठ दिएका हुन् ।
सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका १० बुँदे ब्रिफिङबारे जानकारी दिदैं पार्टी सचिव देवेन्द्र पौडेलले पार्टीको आन्तरिक कुरा पार्टीभित्रै गरौं, बाहिर नलैजाऊँ भन्ने अध्यक्षको महत्वपुर्ण सन्देश रहेको बताए ।
प्रचण्डको १० बुँदे ब्रिफिङमा पार्टीको स्थगित जागरण अभियान वर्षा सकिएपछि सुरु गर्ने प्रस्ताव गरिएको पौडेलले बताए। उनकाअनुसार पार्टीको अभियान सकिएपछि केन्द्रीय कमिटी बैठक बस्नेछ ।
केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने सचिव पौडेलले जानकारी दिए ।
बैठकमा समाजवादी मोर्चालाई बलियो बनाउने बजनाएर एकीकरणसम्म लैजानेबारे गहल छलफल भएको समेत उनले बताए ।
स्थायी कमिटी बैठक तीन दिनसम्म चल्नेछ।
पछिल्लो पटक नेता जर्नादन शर्मा र प्रचण्ड समुहबीच खुलेरै सार्वजनिक मंच र सामाजिकसंजालमा पक्ष विपक्षमा टिकाटिप्पणी भइरहेको बेला स्थायी कमिटि बैठकको छलफललाई महत्वका साथ हेरिएको छ ।











