चुनाव अपडेटः देशभर रास्वपाको अप्रत्याशित अग्रता कायमै, पुराना दलहरुको लज्जास्पद अवस्था

काठमाडौं । २०८२ सालको प्रतिनिधि सभाको फागुन २१ गते सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनको विभिन्न जिल्लाको मत परिणाम जारी छ । कतिपय हिमाली जिल्लाहरुमा भने मौसम खराबका कारण अझै जिल्ला सदरमुकाममा मत पेटिका नपुगेकाले मत गणना हुन सकेको छैन् । अन्य जिल्लाहरुमा भने मत गणना जारी छ ।

अहिलेसम्मको मत परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै भन्दा अग्र स्थानमा रहेको छ । ठुला भनिएका पुरा दललाई पछि पार्दै ११३ स्थानमा रास्वपा अग्र स्थानमा रहेको छ । अहिलेसम्म रास्वपाले ३ स्थानमा विजयी हासिल गरिसकेको छ भने नेपाली काग्रेसले २ र नेपली कम्युनिष्ट पार्टीले १ स्थानमा विजयी हासिल गरेको छ ।

रास्वपाले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयको सुरुवात गरेको छ । काठमाडों क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार रन्जु दर्शनाले झण्डै दोब्बर मतका साथ विजय हासिल गरेकी छन् । त्यस्तै काठमाडौं क्षेत्र नम्बर ६ मा शिशिर खनाल २७ हजार ७११ मत सहित विजयी भएका छन् भने काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतका साथ विजयी छन् ।

त्यस्तै नेपाली काँग्रेसले पनि मुस्ताङबाट विजयी सुरुवात गरेको छ । मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी भएका छन् भने मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित निर्वाचित भएका छन् ।

यता नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले पनि रुकुम पुर्वबाट विजयको सूरुवात गरेका छन् । उनले १० हजार २४० मतका साथ विजयी हासिल गरेका छन् ।

देशभरको मत परिणाम हेर्दा रास्वपा ११३ ठाउँमा अग्रता लिएर पहिलो स्थानमा रहेको छ । यसै गरी नेपाली काँग्रेस १५ ठाउँमा अग्रता सहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले १० ठाउँमा अग्रता लिएर तेस्रो स्थानमा रहेको छ । त्यस्तै नेकपा भने ८ ठाउँमा अग्रता लिएर चौथो स्थानमा रहेको छ ।

समानुपातिक तर्फ पनि रास्वपाको अप्रत्याशित लहर देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार