आन्दोलनको अर्थ छैन भन्दै ‘रवि लामिछाने बचाउँ संघर्ष समिति’ का अध्यक्षले नै दिए राजिनामा

चितवन । आन्दोलन गर्नुको औचित्य नभएको भन्दै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्षले नै राजिनामा दिएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीहरुले अनुसंन्धान गरिरहेको बेला आन्दोलन गर्नुको कुनै औचित्य नभएको भन्दै समितिका अध्यक्ष सरोज घिमिरेले पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन ।

उनले सोमबार चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी रबिको पक्षमा भइरहेको आन्दोलनको अर्थ नभएको बताए ।
अध्यक्ष घिमिरले शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिएको भएपनि पछिल्लो समय यसले प्रहरीको अनुसंन्धानमा बाधा दिदै समाजमा अशान्ती फैलाउन थालेपछि समितिको औचित्य समाप्त भएको उनले बताए ।

आन्दोलन व्यक्ति विशेष र गणतन्त्र माथि कै प्रहारका रुपमा अगाडी बढ्न थालेपछि आफुले उक्त समितिबाट राजिनामा दिएको प्रष्ट पारे ।
आन्दोलनका नाममा कानुन हातमा लिन खोज्ने र केहीले व्यक्तिगत फाइदा उठाई उच्छृंखल गतिविधि हुन थालेको उनलेको भनाई थियो ।
चितवनमा भइरहेको आन्दोलनले अनुसंन्धानमा असर हुन गई प्रहरी कार्यालयमाथी नै आक्रमण हुनथालेपछि जिल्ला प्रशासनले कडाई गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार