मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटना, २७ जना घाइते

तनहुँ । मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २७ जना बढि तिर्थयात्रु घाइते भएका छन् । प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय तिर्थयाुत्र बोकेको बस दुर्घटना भएको हो ।

युपिबीपी ४९९५ नं को बस सोमबार बिहान अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । दुर्घटना कारण खुल्न नसकेको भएपनि तिर्बगतकिा कारण भएको हुनसक्ने प्रहरी अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार