
बाँके । कांग्रेस नेता शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
शनिवार दाङको नेपालगंजमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री ओली सरकारको नेतृत्वकर्ता र बास्कोटा सरकारको प्रवक्ता भएकाले नैतिकताका आधारमा प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने बताएका हुन् ।
“भ्रष्टाचारबिरोधी कुरा गरेर नथाक्ने प्रधानमन्त्रीका एक निकट्त्म मन्त्रीले करोडौंको कमिसन माग्नु गम्भिर कुरा हो उनले भने, यसमा मन्त्रीले मात्रै राजीना दिएर हुदैन नैतिकता आधारमा प्रधानमन्त्रीले पनि तत्काल राजीनामा दिनुपर्छ ।”
ओली सरकार पुर्णरुपमा असफल भइसकेको दाबी गर्दै नेता कोइरालाले जताततै भ्रष्टचारको बाढी आएको बताए ।
सरकार निरर्कुस हुँदै अधिनायकवादतर्फ अघि बढेको उनको आरोप छ ।








