
काठमाडौं ।सरकारले पुस्तकमा लगाएको करबारे सर्बत्र बिरोध भइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले कर नहटाइने बताएइका छन् ।
मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न नियमित रुपमा आयोजना हुँदै आएको बिहीबारको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले पुस्तक आयातमा लागेको कर तत्काल नहट्ने स्पष्ट पारेका हुन् ।
“विभिन्न मुलकले पुस्तक बिक्रीमा ५ देखि १८ प्रतिशत कर लगाउने गरेको छन सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवपडाले भने, नेपालमा अर्बौं लगानी गरेर छापाखाना खुलेकाले स्वदेशी उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व भएकाले आयात गरिएका पुस्तकमा कर छुट दिन सकिन्न ।”
नेपालमा खुलेका छापाखानाले कागज ल्याउँदा समेत १५ प्रतिशत कर तिर्नुपर्ने भएकाले उनीहरुले कर नै नतिरेर ल्याउने पुस्तकसँग प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ ।
पुस्तकको ब्यापार भनेको ज्ञानको व्यापार नभएको भन्दै मान्त्री खतिवडाले भने, “पुस्तकको ब्यापार गर्दा नाफा कमाइन्छ भने सरकारलाई कर पनि तिनुपर्छ ।”
ब्यापारीले पुस्तक बिक्री गर्दा ३५ देखि ४० प्रतिशत नाफा कमाउने भएकाले कर लगाइएको थप प्रष्ट पारे ।
सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर लिन थालेको छ । यसको विरोध गर्दै आन्दोलन भइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले स्पष्ट पारेका हुन ।











