कार्यालयका अधिकृतसहित ५ कर्मचारी १७ लाख घुससहित पक्राउ

रुपन्देही। रुपन्देहीको नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी र एक जना दलाललाई १७ लाख घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीको टोलीले उनिहरुलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले घुस लिदै गर्दा अधिकृत श्रेष्ठसहित सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई घुस लिंदै गर्दा पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार