प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, नियमित चिकित्सकको निगरानी रहनुपर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्र्चाज भएका छन् ।
त्रिव शिक्षण अस्पतालबाट प्रधामन्त्री ओलीलाई शुक्रबार साँझ साढे ६ बजे डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई १९ फागुनमा अस्पताल भर्ना गरिएको थियो भने २१ फागुनमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हो । १२ बर्षअघि पहिलो पटक भारतको अपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि ओलीकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । भान्जी समिक्षा अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

डिस्चार्ज भएपनि ओली नियमित चिकित्सकको निगरानी रहनुपर्ने अस्पतालद्धारा जारि विज्ञप्तीमा जनाइएको छ ।
जारि विज्ञप्ती अनुसार आवश्यक सर्तकताका साथ आफ्नो नियमित कामहरु उनले गर्नसक्नेछन् ।

“प्रधानमन्त्री ज्यूले हामी यस अस्पतालका चिकित्सकमाथि भरोसा गरी हामीलाई उपचार गर्ने अवसर दिनुभएकोमा शिक्षण अस्पताल परिवार गौरवान्वित छ”, मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभाग प्रमुख एवम् प्रधानमन्त्रीका निजि चिकित्सक प्रा.डा दिव्या सिंह शाहद्धारा हस्ताक्षरित जारि विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार