भ्रष्टाचारीको संरक्षक भन्दै प्रधानमन्त्रीको पोस्टर कुकुरको शरिरमा टाँसियो


रुपन्देही । भ्रष्टाचारीलाई संरक्षण दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बीर अंकित पोस्टर पशुहरुको शरिरमा टांसिएको छ ।
बुधबार बिहानै रुपन्देहीको बुटवल बजारका विभिन्न ठाँउहरुमा प्रधानमन्त्री ओली, नेकपा महासचिव विष्णु पौडेल र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको तस्वीर अंकित पोस्टर छाडा चौपायाहरु गाई गोरु, कुकुर लगायतका जनावरको शरिरमा टाँसिएका हुन ।

रुपन्देही प्रहरीका अनुसार उक्त पोस्टरहरु विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले गरेको हो ।

उनिहरुले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण दिएकाले त्यसको भण्डाफोर गर्दै भ्रष्टाचारविरुद्धको अभियान भनेका छन् ।

उनिहरुले बुटवलको गोलपार्क, ट्राफिकचोक, मिलनचोक, बसपार्क, चौराहा र सैनामैनालगायतका सार्वजनिक स्थान लगायत छाडा पशुचौपायाका शरीरमा पोस्टर टाँसेका थिए ।

विप्लवनिकट विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध सांकेतिक भण्डाफोर अभियानअन्तर्गत रुपन्देहीसहित साविक लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा पोष्टर टाँसिएको जनाएको छ ।

विप्लव समुहले केहि दिन अघि मात्रै भ्रष्टाचार गरेको आरोपमा कारवाही भन्दै पूर्वमन्त्री बास्कोटाको भक्तपुरस्थित निमार्णधिन घरमा बम विस्फोट समेत गराएका थिए ।

सत्तारुढ नेकपाका महासचिव पौडेलको नाम बालुवाटारको सरकारी जग्गा किनबेचमा जोडिएको छ भने पूर्वमन्त्री बाँस्कोटा ७० करोड घुसकाण्डमा मुझिएपछि उनले पदबाट राजीना दिएका थिए ।

यि दुबै घटनाका पात्रलाई प्रधानमन्त्री ओलीले संरक्षण दिएको भन्दै उनिहरु बिरुद्ध भण्डाफोर गरिएको संगठनको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार