
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल – भारतका यात्रुहरुलाई जमुनाहा नाकाबाट आइतबारदेखि आवतजावत गर्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार आइतबार बिहानैदेखि नाकामा मानिसहरुको ‘आवात जावत बन्द छ भने फाट्ट फुट्ट सामानहरु आइरहेका छन् ।
शनिवार रातीमात्रै बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई उतै फिर्ता पठाइएको थियो ।








