कोेरोना विशेष अस्पतालमा युवकको मृत्यु अपडेटः दुवईबाट फर्केका उनि काठमाडौंबाट बस चढेर बुटवल गएका थिए


रुपन्देही । रुपन्देहीको बुटवल कोेरोना विशेष अस्पतालमा मृत्यु भएका युवक काठमाडौंबाट बस चढेर बुटवल गएको बुझिएको छ ।

दुवईबाट चैत्र ६ गते काठमाडौं पुगेका उनि ७ गते बस चढेर बुटवल घर गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डाक्टर बिष्णु गौतमले अनमोलपोस्टलाई जानकारी दिए ।

उनका अनुसार घर पुगे लगत्तै युवकलाई ज्वरो आएको थियो तर उनि चैत्र १३ गते बेलुकी मात्रै अस्पतालको सम्पर्कमा आएका थिए ।

उनि दुवईबाट आएको विमान र काठमाडौंबाट चढेर गएको बसका बिषयमा प्रहरीलाई खबर गरी अनुसंन्धान सुरु भएको समेत डा. गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचार्रत रुपन्देहीको सैनामैना नगरपालीका ४ का ति युवकको आइतबार बिहान १० बजे स्वाव झिकेर परिक्षणका लागि काठमाडौं पठाएको थियो तर दिउँसो १२ः ३० मा उनको मृत्यु भएको अस्पतालले पुष्टी गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार