काठमाडौं । अनलाइन पोर्टलको समाचार हटाउनले कार्यमा आफ्नो नाम पनि मुछिएपछि इसेवाले त्यसबारे प्रष्ट पारेको छ ।
काठमाडौं प्रेसको समाचार डिलिट हुनुमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै इसेवाले शुक्रबार स्पष्ट पारेको हो ।
इसेवाले जारि गरेको विज्ञिप्तिमा भनेको छ, ‘विगत केहि दिनदेखि एउटा समाचार पोर्टलको न्युज हटाइएको बिषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य बिरुद्ध हामी खेद प्रकट गर्दछौं ।’
न्युज पोर्टलबाट समाचार डिलिट भएको विषयमा आफ्नो हात नरहेको स्पष्ट पार्दै नियोजितरुपमा प्रहार गरिएको भन्दै इसेवाले आपत्ति जनाएको छ ।
हेर्नुहोस विज्ञप्ती













