काठमाडौंका ११ चोकबाट तरकारीको बिक्री वितरण सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका विभिन्न  ११ चोकबाट तरकारी तथा फलफूलको बिक्री सुरु भएको छ । उपत्यकाका मुख्य तरकारी बजार कालीमाटी र बल्खुमा भीड बढ्न थालेपछि विभिन्न चोकबाट बिक्री सुरु गरिएको हो ।

बिहीबार बिहानदेखि कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गोंगबु, वसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्क बसपार्क र कोटेश्वर चोक तरकारी बिक्रीका लागि छानिएका छन् ।

तर, कलंकी चोकबाट भने बिहिबार नै बिक्री सुरु भइसकेको छ । कालीमाटी र बल्खुको भीडलाई व्यवस्थापन गर्नका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यस्तो निर्णय गरेको बताइएको छ ।

यसरी चोक चोकबाट तरकारी बिक्री सुरु भएपछि कालिमाटीबाट खुद्रा बिक्री बन्द गरिएको बताइएको छ ।

लकडाउनको उल्लघन गर्दै स्थानीय एक केजी तरकारी किन्न कालिमाटी र बल्खुमा जान थालेपछि त्यहाँ मान्छेको भीड बढ्न थालेको थियो । त्यही भीडलाई नियन्त्रण गर्न विभिन्न चोकबाट तरकारी बेच्न थालिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार