मस्जिदमा भिडभाड नगर्न आग्रह गर्ने असईमाथि नै हातपात

हातपात गर्ने तीनजना पक्राउ

रौतहट । रौतहटमा नेपाल प्रहरीका असईमाथि हातपात भएको छ । बिहीवार साँझ रौतहटको परोहा नगरपालिका अन्र्तगत तेजापाकड मस्जिदमा भीडभाड नगर्न भनि सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि हातपात भएको हो ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहिबार तेजापाकड स्थित मस्दिजको एकैठाँउमा सैयौँको संख्यामा मुस्लिमहरु जम्मा भएर नमाज पढिरहेका थिए ।

लकडाउनको समयमा उसरि भेला नहुनुहोस भनेर सम्झाउन पुगेका असई सिंहलाई मुस्लिम युवाहरुले हातपात गरेका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले वैशाख ३ गते सम्म पुरै देश लकडाउनको घोषणा गरेको छ ।

तर लकडाउनको उल्लंघन गर्दै गत राति ७ बजे मुस्लिम धर्मावलम्बीहरु मस्जिदमा एकैठाँउमा दुुईसय बढी भेला भएका थिए ।

हातपात गर्नेहरु पक्राउ

असई सिंहमाथि हातपात गरेको आरोपमा तीनजना मस्लिम युवाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।
उनिहरुमाथि कानुन अनुसार मुद्दा चलाउने तयारी भइरहेको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार