प्रहरी र स्थानीयबीच विवाद हुँदा एक महिलाको मृत्यु

सप्तरी । सप्तरीमा एक जना महिलाको मृत्यु भएको छ । लकडाउन उल्लंघन गरेको विषयमा प्रहरीसँग विवाद गर्दा बेहोस भएर लडेकी महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ६५ बर्षीया जयनव खातुन रहेकी छन् । सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्लंघन गरेको विशेष सूचनाका आधारमा गएको प्रहरीको टोलीसँग स्थानीयको विवाद भएको थियो ।

उनीहरुले हामीलाई काम गरेर खान दिनुपर्छ भन्दै विवाद गरेका थिए । सरकारले लकडान गरेपछि घरमा खानेकुरा नहुँदा निकै समस्या भएपछि उनीहरुले काम गरेर खान दिनुपर्ने माग राखेर प्रहरीसँग विवाद गरेका थिए ।

त्यसैक्रममा बेहोस् भएर लडेकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा पुर्याउने वित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिला लामो समयदेखि मुटुको विरामी भएको बुझिएको छ । प्रहरीले बेहोस भएर मृत्यु भएको बताए पनि स्थानीयले भने लक डाउन उल्लंघन गरेको भन्दै प्रहरीले कुटेपछि बेहोस् भएर मृत्यु भएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार