सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाएको आरोपमा पत्रकार पक्राउ

वीरगञ्ज । सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाएको आरोमा एक जना पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेैमा हेटौंडा उपमहानगरपालिका वडा ४ बस्ने ३० बर्षका रवीन्द्र गौतम रहेका छन् ।

हेटौंडाको सरोवर एफएममा कार्यरत गौतमले बागमती खबर अनलाइन समेत सञ्चालन गर्दै आएका छन् । उनलाई सामाजिक सञ्जालमा भ्रामक खबर फैलाएको भन्दै इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले मंगलबार हेटौंडाबाट नियन्त्रणमा लिएको छ । उनले सामाजिक शान्ति सुव्यवस्थामा खलल पु¥याएको प्रहरीले दावी गरेको छ ।

उनले सामाजिक सञ्जलमा जितपुर सिमरा उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमित भेटिएको भन्दै स्टाटस पोष्ट गरेका थिए ।
उनले आफ्नो फेसबुकमा सोमबार जितपुरमा १ र सिमरामा २ जनामा पनि कोरोना संक्रमण देखिएको भन्ने कुरा लेखेका थिए ।

उनलाई प्रहरीले मंगलबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत बारामा पेश गरेको छ । यो विषयमा अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार