रौतहटमा विदेशबाट फर्किएका एक युवा क्वारेन्टाइनमा,अर्काको खोजी जारी

रौतहट । विदेशबाट फर्किएका एक युवालाई प्रहरीले क्वारेन्टाइनमा पुर्याएको छ । गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका रौतहटको चन्द्रपुर नगरपालिका १ वाग्मतीका  उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनस्थल पुर्याइएको हो ।

कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट गत चैत ४ गते आएका केही नेपालीमा कोरोना संक्रमण देखिएपछि प्रहरीले सबैलाई पत्ता लगाउन देशैभरी प्रहरी परिचालन गरेको छ । त्यसैक्रममा प्रहरीले कन्ट्याक ट्रेसिङ गर्दै घरमै बसेका ती युवालाई घरबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको बताइएको छ ।

ती युवाको आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएपछि आज पुनः उनको स्वाब टेस्ट गर्ने तयारी भइरहेको छ ।

सरकारले विदेशबाट आएकाहरुलाई दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भने पनि जनप्रतिनिधिको पहलमै उनीहरु घरमा लुकेर बसेको प्रहरीले बताएको छ ।

त्यस्तै रौतहटकै अर्का एक युवा पनि सोही विमानबाट आएको पाइएको छ । प्रहरीले उनको खोजि गरीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार