धनुषा । लकडाउनकै समयमा भारतबाट नेपाल फर्किएका एक जना वडा अध्यक्षमा कोरोनाको एनटीबडी पोजिटिभ देखिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षमा एन्टीबडी पोजिटिभ देखिएको हो ।
उनको र्यापिड टेष्ट गर्दा कोरोनाको एन्टीबडी पोजेटिभ देखिएको बताइएको छ । उनको पिसिआर परीक्षणका लागि स्वाब लिने काम भइरहेको अस्पतालले जनाएको छ ।
नेपालमा लकडाउन भएकै बेला उनी भारत बिहारको मधुवनीमा १ महिना बसेर चैत २४ गते नेपाल फर्किएका थिए । उनलाई त्यतिबेला देखि नै क्वारेन्टाईनमा राखिएको थियो ।











