
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जारी अध्यादेशबारे पार्टी पदाधिकारीको आकस्मिक बैठक डाकेको छ ।
सोमबार जारी भएका राजनीतिक दल विभाजन सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनबारे आवश्यक छलफलका लागि आकस्मिक बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार बैठक भोली (मंगलबार) विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ ।
कोरोना भाइरसको माहामारीसंग विश्वसंगै नेपाल पनि लडिरहेका बेला दलहरुसंग कुनै छलफल नै नगरी सरकारले ल्याएका अध्यादेश तत्काल फिर्ता लिन काँग्रेसले माग समेत गरेको छ ।










