
काठमाडौं । विश्वशक्ती राष्ट्र अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो अपडेटअनुसार कोरोनाबाट अमेरिकामा मर्नेको संख्या ५० हजार ३४३ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ८६ हजार ७०९ पुगेको छ ।
यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या इटाली भन्दा दोब्बर अमेरिका पुगेको छ । इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ हजार ५४९ पुगेको छ । कोरोनाबाट स्पेनमा २२ हजार, फ्रान्समा २१ हजार, बेलायतमा १८ बढिको मृत्यु भइसकेको छ ।
विश्वमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९१ हजार नाघिसकेको छ भने संक्रमितको संख्या २७ लाख बढि रहेको छ ।
राष्ट्रपति ट्रम्पको आलोचना
कोरोनाबाट अमेरिकामा ५० हजार भन्दा बढि मानिसहरुको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ट ट्रम्पको आलोचना भइरहेको छ । विश्वशक्ती राष्ट्र भएर पनि कोरोना नियन्त्रण र रोकथामका लागि प्रयाप्त कलम नचालेको भन्दै विपक्षी दल लगायत अमेरिकी जनताले ट्रम्पको आलोचना गरेका हुन ।
सुरुका दिनहरुमा कोरोना नियन्त्रणबारे सरकारले लापरवाही गरेको ट्रम्पमाथि आरोप छ । ट्रम्प सरकारले अहिले पनि पुरै देशमा लकडाउन गरेका छैनन् ।














