सांसद ‘अपहरण’ गर्नेलाई छानविन गरी कारबाही गर्न ६ विद्यार्थी संगठनको माग


काठमाडौं । सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न ६ वटा विद्यार्थी संगठनहरुले सरकारसँग माग गरेका छन्।

नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल (क्रान्तिकारी) ले शनिवार एक संयुक्त विज्ञप्ति जारी गर्दै सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न माग गरेका हुन्।

‘सांसदलाई जवरजस्ती मानसिक दवाव दिने आपराधिक कार्यमा संलग्न सम्पूर्णलाई कानुनी कारवाहीको दायरामा ल्याइ हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछौं’ जारी विज्ञपीतमा उल्लेख छ ।

हालै समाजवादीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण शैलीमा काठमाडौं ल्याइ एक होटलमा राखिएको थियो । उक्त घटनाले अहिले नेपाली राजनीति तातेको छ ।

हेर्नुहोस विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार