रोल्पामा बम बिस्फोट हुँदा ४ जनाको मृत्यु, कसले गर्यो बिस्फोट ?

 

काठमाडौं । रोल्पामा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी रहेका छन् ।

शव नजिकै अर्को बम पनि फेला परेकाले सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने डीएसपी गुरुङले बताए । बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए । उनका अनुसार घटना साँझ ६ बजेतिर भएको हो ।

बालबालिकाले जंगलमा बेबारिसे बम भेटाएको हुनसक्ने र खेलाउँदा खेलाउँदै आउँदा बिस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यद्यपी बेवारिसे बम कसले छोडेको भन्नेबारे यकिन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार