कपिलवस्तुमा दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं । कपिलवस्तुमा दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तु ८ का उनीहरु १६ र २२ वर्षका पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

योसँगै नेपालमा कारोना संक्रमितको संख्या १०१ पुगेको छ । जसमध्ये २२ जना निको भएर घरफर्किएका छन् । निकोभएर घर फर्किएका मध्ये ३ जनामा पुन : कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार