
काठमाडौँ । संसदमा संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले सर्वसम्मतिले पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो ।
भारतले आफ्नो नक्सामा राखेको दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेर नेपालले जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो ।
नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।
उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।











