
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई नियुक्त गरिएको छ। मन्त्रिपरिषद् बैठकले थापालाई विभागको प्रमुखमा नियुक्त गरेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बताए ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले आज अवकाश पाउन लागेकाले थापालाई नियुक्त गरिएको मन्त्री इस्तियाले बताए । उनकाअनुसार नवनियुक्त प्रमुख थापाले भदौ २९ बाट कार्यभार समाल्नेछन्। थापाको कार्यकाल ३ वर्षको हुने छ।









