
काठमाडौं । राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भएको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाईप्रति नेकपाका नेता नारायाणकाजी श्रेष्ठले कडा आपत्ति जनाएका छन् ।
सत्तारुढ नेकपाका प्रवक्ता समेत रहेका नेता श्रेष्ठले गरिमामय संस्थालाई कसैले पनि आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीको भनाई सार्वजनिक भए लगत्तै नेता श्रेष्ठले समाजिक संजालमा प्रतिकृया दिदैं टुइट गरेका छन्, “हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय संस्थालाई कसैले पनि आ आफ्नो स्वार्थका लागि विवादमा नतानौं। राष्ट्रपतिको बिरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं। राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।”
हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।
— NKShresthaPrakash (@nksthaprakash) July 4, 2020
शनिवार साँझ प्रधानमन्त्री ओली शीतल निवासबाट फर्केपछि बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसंगको छलफलमा राष्ट्रपतिलाई महाअभियोग लगाउने र आफुलाई दुबै पदबाट हटाउने षड्यन्त्र भइरहेको बताएका थिए ।









