बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

 

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा उनले मागेको विश्वास मतको पक्ष र विपक्षमा भएको मत विभाजनमा पाण्डेलाई बहुमत सांसदले समर्थन जनाएका थिए।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा पाण्डेको पक्षमा ५९ प्रदेश सांसदले मत दिउकाले थिए भने विपक्षमा ४३ सांसदले मत दिए । मत विभाजनमा दुई सांसद भने तटस्थ रहेका थिए।

बागमती प्रदेशमा रहेका १०९ सांसदमध्ये मुख्यमन्त्री पाण्डेलाई बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक थियो। तर, उनले ५९ सांसदको सर्मथन पाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार