नेपाल एअरलाइन्सका थप दुईसहित काठमाडौंमा २८ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल एअरलाइन्सका थप दुई जना कर्मचारीसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ गरी २८ जना संक्रमित देखिएका छन् । त्यस्तै नेपाल एअरलाइन्सका दुई जना उडान कर्मचारीमा पनि संक्रमण पुष्टि भएको बताइएको छ ।

यसअघि सोमबार एअरलाइन्सकै तीन जना पाइलट र चार जना उडान कर्मचारीमा संक्रमण देखिएको थियो। उनीहरुलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्प

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार