आयल निगमले वृद्धि गर्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १।५० रूपैयाँले वृद्धि गरेको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो।

पेट्रोल प्रतिलिटर १०४ रूपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९० पुगेको छ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार