
सोलुखुम्ब । सोलुखुम्बुमा १४ लाख नगदसहित चार जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले जिल्लाको सोताङबाट जुवा खेलिरहेकै अवस्थामा मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोताङ गाउँपालिका २ का दुर्गाप्रसाद राई, ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका ७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेका छन् ।
जिल्लाको सोताङ गाउँपालिका ५ शिवटार बजार नजिकैको एक पसरलको घरमा जुवा खेलिरहेका उनीहरुलाई १४ लाख ६५ हजार रूपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट कृषि विकास बैंकको रु २९ लाखको चेकसमेत बरामद गरिएको बताइएको छ ।











