
काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले जनयुद्धका क्रममा गोली लागि घाइते भएर हाल क्यान्सरसंग लडिरहेका नैनवहादुर तामाङ (जमिन ) को निशुल्क उपचार उपचार गर्न माग गरेको छ ।
तत्कालीन माओवादी सम्वद्ध जनमुक्ति सेनाका कम्पनी कमाण्डर समत रहेका उनलाई आइतबार भेट्ने क्रममा अनेरास्ववियूले सरकारसंग यस्तो माग गरेको हो ।
अनेरास्ववियूले संघीय गणतन्त्र प्राप्तिका निम्ति भएका जनयुद्ध , जनआन्दोलन र सवै न्यायपूर्ण आन्दोलनका सम्पूर्ण घाइतेहरुको निशुल्क उपचारको ब्यवस्था गर्न समेत सरकार समक्ष माग गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका घर भएका तामाङ हाल भक्तपुरको सुर्यविनायक स्थित भाइको डेरामा स्दै आएक छन् । उनलाई भेट्नका लागि अनेरास्ववियूका सह-संयाेजक रञ्जित तामाङ , नेता सुरेन्द्र बस्नेत , पवन कार्की , केशव रावल र जनयुद्धका घाइते संघका महासचिव भक्तराज थापा सहितको टोली सुर्यविनायक पुगेको थियो ।
तामाङ १० वर्षे जनयुद्धका क्रममा भोजपुर सदरमुकाममा भएको भिडन्तका क्रममा घाइते भएका थिए । गोली लागेकै घाउका कारण उत्पन्न क्यान्सर रोगसंग हाल उनी लरहेका छन् ।











