राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
मंगलबार साँझ आफ्नै निवासमा मृत्यु भएकानको आज अन्त्येष्टि गरिएको हो ।

राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

घिमिरेको काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार