च्याउ खाँदा डोल्पामा ४ जना ग म्भीर बिरामी, हेलिकोप्टरद्धारा उद्दार


डोल्पा । जंगली च्याउ खाँदा डोल्पामा चार जना गम्भिर बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको ठूरीभेरी नगरपालिका–७ का ३१ वर्षीय सुर्यबहादुर साही, ३३ वर्षीय उत्तमबहादुर शाही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही रहेका छन् ।
आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका उनीहरु गम्भिर बिरामी परेका हुन ।

सोमबार बिहान उक्त घटनाबारे जानकारी पाएपछि गम्भिर बिरामीहरुको हेलिकोप्टरमार्फत उद्धार गरि उपचारका लागि सुर्खेत र  नेपालगंज पठाइएको डोल्पाका प्रहरी प्रमुख डीएसपी नाराण्या रञ्जितकारले जानकारीले दिए ।

प्रहरी चौकी मागफालबाट प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमाण्डमा ७ जनाको टोलि बिहान घटास्थलतर्फ गएपछि उनीहरुको उद्धार भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार