मोदीलाई पीडीपी अध्यक्ष मुफ्तीको चेतावनी, ‘परिणाम भयावह हुनेछ’

काठमाडौं । जम्‍मू कश्‍मीरलाई नयां प्रदेश बनाउनका लागि मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेसंगै त्यसको सर्मथन बिरोध भइरहेका छन् । सोमबार संसदमा उक्त धारा खारेजीका लागि केन्द्रिय गृहमन्त्री अमित शाहले प्रस्ताव गरेसंगै त्यसको संसदमा विपक्षीले कडा प्रतिवाद गरेको छ ।

जम्मु कश्मीरका बिषयमा संविधानको धारा ३७० खारेज भएपछि पूर्व मुख्यमंत्री एवम् पीडीपीका अध्यक्ष महबूबा मुफ्तीले यसलाई कालो दिनमा रुपमा ब्याख्या गर्दै बिरोध गरेकी छिन ।

गएराती देखि आफ्नै निवासमा नजरबन्दमा रहकी मुफ्तीले टुइटरमा लेख्दै बिरोध गरेकी हुन । “आज को दिन भारतीय लोकतन्त्रका लागि कालो दिन हो मुफ्तीले लेखेकी छन, केन्द्र सरकारको यस निर्णयले उपमहाद्वीपमा यसको भयावह परिणाम हुनेछ ।”

अध्यक्ष मुफ्तीले भारत सरकारद्वारा धारा ३७० हटाउने निर्णय अवैध और असंवैधानिक भएर समेत दावी गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार