आफ्नै सहकर्मीलाई यौन शोषण गरेको आरोपमा अस्पतालका लेखा अधिकृत पक्राउ


पोखरा । आफ्नै कार्यालयमा कार्यरत दुई महिला सहकर्मीलाई यौन शोषण गरेको आरोपमा एक अस्पतालका लेखा अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदी रहेका छन् ।

उनले आफ्रनै सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोप लागेको प्रहरीले जजाएको छ । पक्राउ परेका सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेको छ ।

अस्पतालकै एक महिला कर्मचारीले लेखाअधिकृत सुवेदीले आफुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनि मजदूर युनियनमा निवेदन दिइएकी छन् । अर्को महिलाले पनि उजुरी दिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार